नायिका परिणिती चोपडा नेपाल आएर हिमाली भेगमा रमाउँदै गरेका तस्विर भाइरल — OSNepal

नायिका परिणिती चोपडा नेपाल आएर हिमाली भेगमा रमाउँदै गरेका तस्विर भाइरल

LC (KTM) October 20, 2021 0

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाको सामाजिक सञ्जालमा पछिल्लो समय नेपालको सुन्दर हिमाली भेगका तस्बिरहरू देख्न सकिन्छ । सुरज बडजात्याको चलचित्र ‘उचाइ’ को छायांकनका लागि उनी अहिले अरू बलिउड कलाकार अनुपम खेर, बोमन इरानी लगायत टिमसँग नेपालमा छिन् ।

कहिले सगरमाथालाई नियाल्दै गरेको फोटो त कहिले समुन्द्री सतहभन्दा ११ हजार फिट माथि नाम्चे बजारमा फुटबल खेल्दै गरेको फोटो उनले पोस्ट गरिरहेकी छिन् ।सौर्य दैनिकमा खबर छ ।

यस्तै, उनले मंगलबार मात्रै अर्को फोटो पनि पोस्ट गरेकी छिन् । जसमा उनी उचाइमा बसेर ध्यान मग्न छिन् । फोटो हाल्दै परिणिती लेख्छन्, ‘दैनिक ध्यान मेरो सिकरेट हो ।’ अहिले बलिउड टिमसँगै छायांकनमा रहेका एक व्यक्तिका अनुसार परिणितीको यो फोटो नाम्चे बजारको हो । अहिले ‘उचाइ’ टिम नाम्चेको छायांकन सकेर लुक्लामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर