नायिका शिल्पा र राजले हाले शर्लिनविरुद्ध ५० करोडको मानहानी मुद्दा — OSNepal

नायिका शिल्पा र राजले हाले शर्लिनविरुद्ध ५० करोडको मानहानी मुद्दा

LC (KTM) October 20, 2021 0

काठमाडौँ । पोर्न चलचित्र निर्माणको मुद्दामा २ महिनासम्म जेल बसेर बाहिर निस्किएका शिल्पा शेट्टीका पति राज कुन्द्रले शर्लिन चोपडाविरुद्ध ५० करोड भारतीय रुपैयाँको मानहानीको मुद्दा दायर गरेका छन् ।

शर्लिनले राज कुन्द्राको ‘जेएल स्ट्रीम’ कम्पनीका लागि आँफुले थुप्रै भिडियोमा काम गरेको तर राजले पारिश्रमिक नदिएको जस्तो गम्भिर आरोप लगाएकी थिइन् । शर्लिनले आफ्नो उजुरीमा राज र शिल्पाविरुद्ध यौन उत्पीडन र अन्डरवर्ल्डबाट धम्की आएको जस्ता आरोप लगाएकी थिइन् ।

शिल्पा र राजका वकिलले यसअघि चेतावनी दिँदा दिँदै प्रेस मिट गरेर गम्भिर आरोप लगाएको भन्दै ५० करोडको मानहानी मुद्दा दर्ता गराएका हुन् । शर्लिन केही वर्ष अघि अचानक राज एक दिन अचानक उनको घर पुगेर उनको साथ यौन दुर्व्यवहार गरेको लगायतका आरोप लगाउँदै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर