नारायणहिटि ठेक्का प्रकरण : भेषनारायण दाहालमाथि कारबाही गर्न अख्तियार र नेपाल प्रहरीलाई पत्रचार — OSNepal

नारायणहिटि ठेक्का प्रकरण : भेषनारायण दाहालमाथि कारबाही गर्न अख्तियार र नेपाल प्रहरीलाई पत्रचार

LC (KTM) January 12, 2022 0

काठमाडौं २८ पौष । नारायणहिटि ठेक्का प्रकरणमा तानिएका भेषनारायण दाहालमाथि छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलेअख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई पत्रचार गरेको छ ।

दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि छानविन गरी कारबाही गर्न मन्त्रालयले पत्राचार गरेको हो ।

नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले बनाएपछि गत मंगलबार दाहालले राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर