निकसँग बिहे गरेपछि विदेशी गर्लले परिचित छिन् अभिनेत्री प्रियंका चोपडा — OSNepal

निकसँग बिहे गरेपछि विदेशी गर्लले परिचित छिन् अभिनेत्री प्रियंका चोपडा

LC (KTM) October 18, 2021 0

काठमाडौं – बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान बनाएकी प्रियंकाले डेब्यु भने ’अन्दाज’ मार्फत गरेकी थिइन् । त्यसयता उनले निर्वाह गर्ने भूमिकाले उनलाई ’देशी गर्ल’को ट्याग दिएको हो ।

उनलाई पछिल्लो समय ‘विदेशी गर्ल’ भन्न थालिएको छ । निक जोनससँग विवाह बन्धनमा बाँधिएपछि उनको बसाइ प्रायः देश बाहिर नै छ । उनी संयुक्त राज्य अमेरिका र बेलायतमा समय बिताइरहेकी छिन् ।

यति मात्र होइन, उनी बलिउडको फिल्मभन्दा हलिउडका फिल्म तथा सिरिजमा व्यस्त छिन् । उनले पछिल्लो समय बलिउड फिल्म ‘द स्काई इज पिङ्क’ मा अभिनय गरेकी थिइन् । त्यसयता उनले सिरिज तथा हलिउडका टेलिभिजन सिरिजमा मात्र काम गरिरहेकी छिन् ।

अमेरिकन टेलिभिजन सो ‘क्वान्टिको’बाट चर्चा कमाएकी उनले हलिउड फिल्म ‘बेवाच’मा ड्वेन जोनसनसँग स्क्रिन सेयर गरेर हलिउडमा आफ्नो स्थान पक्का गरेकी थिइन् ।

‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’लगायतका हलिउड फिल्ममा अभिनय गर्नुका साथै गायक निक जोनससँग बिहे गरेयता हलिउडमा प्रियंकाको छुट्टै चर्चा छ । पछिल्लो समय उनी हलिउडको लोकप्रिय ‘म्याट्रिक्स’को फ्रेन्चाइजमा देखिँदैछिन् ।

‘म्याट्रिक्स’को चौथो श्रृङ्खलामा उनले अभिनय गर्ने खबर आएसँगै उनलाई ’विदेशी गर्ल’ भन्न थलिएको छ । ‘म्याट्रिक्स’ श्रृंखलाका अन्य फिल्मजस्तै यसमा पनि एक्सन स्टारकेनु रिब्स मूख्य भूमिकामा हुनेछन् । लाना वाच्वस्कीले निर्देशन गर्ने फिल्मको लोकप्रियता भारतमा पनि उत्तिकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर