निर्देशक करणले २३ बर्ष पछि शाहरुख, काजोल र रानी मुखर्जीको यसकारण गरे तारिफ — OSNepal

निर्देशक करणले २३ बर्ष पछि शाहरुख, काजोल र रानी मुखर्जीको यसकारण गरे तारिफ

LC (KTM) November 16, 2021 0

हिन्दी सिनेमामा दोस्ती तथा मायाको कहानी त कैयौ ठाउँमा देखाइएको छ । तर कुछ कुछ होता है फिल्मको कुरा नै बेग्लै रहेको छ । २३ बर्ष अघि सन् १९९८ मा रिलीज यो फिल्मले पुरै हिन्दी सिनेमामा नै बदलाव ल्याई दिएको थियो । शाहरुख खान, काजोल तथा रानी मुखर्जीको बीचको दोस्ती तथा रोमान्सलाई पर्दामा एकदमै राम्रो तरिकाले प्रस्तुत गरेका थिए निर्देशक करण जोहरले । आज यो फिल्मले आफ्नो २३ औ बर्ष मनाएको छ ।

निर्देशक करणले यो फिल्मले २३ बर्ष पुरा गरेको भन्दै तीनै जना कलाकारलाई आफ्नो तर्फ बाट आभार ब्यक्त गरेका छन् । करणले लेखेका छन्– माया, दोस्ती तथा धेरै संझनाहरुको २३ बर्ष । क्यामराको पछि यो मेरो पहिलो अनुभव तथा यसले मेरो भित्रको सिनेमाको लागि एक अतुलनिय माया जगायो जसले आज पनि मलाई पागल बनाउँछ । बेस्ट कास्ट, क्रुको लागि मेरो आभार तथा ति दर्शकहरु जसलाई मेरो धेरै धेरै धन्यबाद जो २३ बर्ष पछि पनि आज यस कहानीको लागि आफ्नो धेरै माया जनाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर