काठमाडौं पौष २८ । नेकपा एमालेका नेता जीवन श्रेष्ठले सक्रिय रानजीतिबाट सन्यास लिएका छन् ।
पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत पार्टी एकता र सुदृढ गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षा पूरा गर्ने अभियानमा अविच्छिन्न लागिरहेको बताएका उनले आजका मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका हुन् ।
एमालेको आठौं जिल्ला अधिवेशनमा आफुलाई सर्वसम्मत नबनाइदिएपछि अशन्तुष्ट रहेका नेता श्रेष्ठले राजनीतिबाट सन्यास लिएका हुन् ।
उनले भनेका छन्, ‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत पार्टी एकता र सुदृढ गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षा पूरा गर्ने अभियानमा अविच्छिन्न लागिरहेको र हाल केही असहज परिस्थितिको कारण आजका मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु।’