नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै — OSNepal

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

LC (KTM) June 30, 2021 0

काठमाडौँ १६ असार । आज सत्तारुढ नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ । हिजो मंगलबार बसेको बैठकले पार्टीलाई २ जेठ २०७५ को सांगठनिक संरचना ब्युँताउने निर्णय गरेको एमालेले आज महाधिवेशन आयोजक समितिको बैठक बोलाएको हो ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने स्रोतले जनाएको छ । जुन कमिटि माधव नेपाल समुहले माग गर्दै आएको कमिटि हो ।

प्रधानमन्त्री केपी ओलीले नेपाल समुहको इच्छा अनुसार माग परा गर्ने भएप्छि अब अर्को पार्टी खोल्छु भन्दै हिडेका नेपाललाई भने सकस परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर