नेता रावलको आक्रोश ओलीमाथि के प्रधानमन्त्री निकम्मा भएकै हो ? — OSNepal

नेता रावलको आक्रोश ओलीमाथि के प्रधानमन्त्री निकम्मा भएकै हो ?

LC (KTM) May 31, 2021 0

काठमाडौं जेठ १७ । नेकपा एमालेबाट निकाष्शित नेता भीम रावलले राष्ट्रपति विद्या भण्डारीबाटकोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप लगाएका छन् ।
राष्ट्रपतिबाट विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको दावी गरेका नेता रावलले ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

यसले, प्रधानमन्त्री र सरकारी निकाय निकम्बा भएको स्पष्ट देखाएको रावलले दावी गरेका छन् । प्रधानमन्त्री र सरकारी निकाय निकम्बा भर्इ राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर भएको आरोप नेता रावलले लगाएका छन् । पछिल्लो समय कोरोना खोपको लागि राष्ट्रपतिबाट विभिन्न देशमा पत्रचार तथा फोन मार्फत सहयोगको लागि आग्रह गरिँदै आएको छ ।

रावलले लेखका छन्, कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो।यसले,के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर