नेतृत्व चयनमा सर्वसम्मत सहमति नभएपछि २ दिन लम्बिएको महाधिवशेनको डेढ करोड खर्च बढ्यो — OSNepal

नेतृत्व चयनमा सर्वसम्मत सहमति नभएपछि २ दिन लम्बिएको महाधिवशेनको डेढ करोड खर्च बढ्यो

LC (KTM) November 30, 2021 0

काठमाडौं १४ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन लम्बिदा करिब डेढ करोड रुपैयाँ बढी खर्च भएको छ । नेतृत्व चयनमा सर्वसम्मत सहमति नभएपछि महाधिवेशन लम्बिएको हो ।

मंसिर १० गगे देखि सुरु भएको महाधिवशेन समय तालिका अनुसार १२ गते सम्पन्न हुनुपर्नेमा नेता भीम रावलले पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि वर्तमान अध्यक्ष केपी ओलीलाई ने सर्वसम्मत गराउने योजना विफल भएको हो ।

दुई दिन महाधिवेशन लम्बिँदा करिब १ करोड ५० लाख बढी खर्च भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् । स्रोतका अनुसार हाल सम्म महाधिवेशनमा ९ करोड खर्च भइसकेको छ ।

महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी नदी किनार र बन्दसत्र सौराहामा भएको हो । आज बिहान ४ बजे बात सुरु भएको नेतृत्व चयनको मतदान अहिले साढे १० बजे सम्पन्न भएको छ ।

नतिजाको अबको चार घण्टामा आउने निवार्चन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर