नेपालका यि ठाँउमा फैलियो कालो ढुसी,ढुसीको औषधिसमेत नपाइएका कारण समयमै सचेत रहन चिकित्सकले दिए यस्तो सुझाव — OSNepal

नेपालका यि ठाँउमा फैलियो कालो ढुसी,ढुसीको औषधिसमेत नपाइएका कारण समयमै सचेत रहन चिकित्सकले दिए यस्तो सुझाव

LC (KTM) June 06, 2021 0

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमण भइसकेका बिरामीमा कालो ढुसीको सङ्क्रमणसमेत देखा परेको छ । समयमै सचेत भए कालो ढुसीबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न स्थानमा गरी १० जनामा कालो ढुसी रोग लागेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमण भई उपचार गराइरहेका र निको भइसकेकाहरूमा कालो ढुसीको रोग लागेको जानकारी दिनुभयो । डा। पौडेलका अनुसार हालसम्म वीरगञ्ज, काठमाडाँै, नेपालगञ्ज, कैलालीलगायतका ठाउँमा कालो ढुसीका रोगी पाइएको जानकारी छ । कालो ढुसी प्राणघातक भएकाले सचेत रहनुपर्ने उहाँको भनाइ छ ।यो खबर गोरखापत्र दैनिकमा छ ।

केही दिनअघिसम्म कालो ढुसीको औषधिसमेत नपाइरहेको अवस्थामा सरकारले विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ०लाई आग्रह गरेर एक हजार भाइल औषधि ल्याइसकेको छ । प्रवक्ता डा। पौडेलले तत्काल थप दुई हजार भाइल औषधि ल्याउने तयारी भइरहेको जानकारी पनि दिनुभयो । उहाँले स्वास्थ्य सेवा विभागमार्फत १० हजार भाइल औषधि खरिद गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर