नेपालको यो शर्तपछि अब एमालेमा एकता नहुने पक्का, खास निणर्य लिन आज स्थायी कमिटिको बैठक बस्दै — OSNepal

नेपालको यो शर्तपछि अब एमालेमा एकता नहुने पक्का, खास निणर्य लिन आज स्थायी कमिटिको बैठक बस्दै

LC (KTM) August 01, 2021 0

काठमाडौं साउन १७ । नेकपा ९एमाले० को आज स्थायी कमिटिको बैठक बस्ने भएको छ ।

पार्टीको विवाद समाधान हुन नसकेपछि आज दिउँसो ३ बजे बस्ने बैठकले खास निणर्य सक्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जनाएका छन् ।

पार्टी एकताका लागि माधव नेपाल पक्ष सहमत नभएपछि अब नेपाल पक्षलाई छोडेर अगाडी बढ्ने निणर्यमा एमालेको पुगेको छ ।

हिजो शनिबार बसेको स्थायी कमिटिको बैठकले पनि पार्टी एकताको लागि प्रयास भइरहेको बताएको थियो ।

तर, नेपालले केपी ओलीले अध्यक्ष पद छोडेमा मात्र एमाले सँग एक भएर जाने अर्को शर्त राखेपछि अब पार्टी एकता नहुने भन्दै आज स्थायी कमिटिको बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर