नेपालमा एकैदिन ३४ सय बढी कोरोना संक्रमित निको भए, निको हुने दर ९४ प्रतिशत पुग्यो — OSNepal

नेपालमा एकैदिन ३४ सय बढी कोरोना संक्रमित निको भए, निको हुने दर ९४ प्रतिशत पुग्यो

LC (KTM) July 02, 2021 0

काठमाडौँ, १८ असार – पछिल्लो २४ घण्टामा थप दुई हजार २९९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा छ हजार ५६६ जनाको पिसिआर तथा चार हजार ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ३९१ र ९०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।सोही अबधिमा देशभर ३४ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौहजार १७९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

त्यस्तै साृही अबधिमा देशभर तीन हजार ४५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सङ्क्रमणको निको हुने दर ९४ प्रतिशत रहेको छ । हालसम्म ६ लाख तीन हजार ६०० सङ्क्रमित निको भइसकेको जनाइएको छ । हालसम्म ३३ लाख ५७ हजार ८२९ को परीक्षण भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार २७४ जना रहेको मन्त्रालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर