नेपालमा गणतान्त्रिक ब्यवस्था फेल भइसकेकोले अब राज संस्था नै उपयुक्त रहेको पुष्टि भएको शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष खड्काको दाबी — OSNepal

नेपालमा गणतान्त्रिक ब्यवस्था फेल भइसकेकोले अब राज संस्था नै उपयुक्त रहेको पुष्टि भएको शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष खड्काको दाबी

LC (KTM) January 13, 2022 0

शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्काले नेपालमा गणतान्त्रिक ब्यवस्था फेल भइसकेकोले अब राज संस्था नै उपयुक्त रहेको पुष्टि भएको दाबी गरेका छन् । उनले ओएस नेपाल संगको कुराकानीका क्रममा अब नेपाली जनताको चाहना राज संस्था नै रहेको जिकिर गरे । उनले भने– नेपालमा सबै ब्यवस्था फेल भइसकेका छन् । अबको अन्तिम बिकल्प भनेको नै राज संस्था हो ।

गणतन्त्र बिदेशीको एजेण्डा भएको बताउँदै करौडौ नेपालीको चाहना अब राजसंस्था नै रहेको बताए । गणतान्त्रिक ब्यवस्था नफालि नहुने भन्दै राज संस्था पुर्नस्थापना गर्नु नै नेपालीहरुले आफ्नो अस्तित्व बचाउनु रहेको बताए । त्यस्तै उनले नेपाली नेताहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको अपमान गरेको भन्दै आक्रोश पोखे । प्रस्तुत छ खड्का संग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर