नेपालमा पछिल्लो २४ घण्टामा ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको दुखद निधन — OSNepal

नेपालमा पछिल्लो २४ घण्टामा ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको दुखद निधन

LC (KTM) June 22, 2021 0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अबधीमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । नेपालमा निको हुने दर ९०.२ प्रतिशत रहेको छ । त्यस्तै सोही अबधीमा थप ४१ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ८१३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर