नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको दुई जना संक्रमित फेला — OSNepal

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको दुई जना संक्रमित फेला

LC (KTM) December 06, 2021 0

काठमाडौं २० मंसिर । नेपालमा पनि कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनको दूई जना संक्रमित फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ओमिक्रोनको दुई जना संक्रमित भेटिएका हुन् । यस विषयमा थप जानकारी दिन मन्त्रालयले अहिले केहि बेरमा नै पत्रकार सम्मेलन गर्ने भएको छ ।

संक्रमण हुनेमा ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्ति रहेका छन् ।

संक्रमित दुवैले कोरोना विरुद्धको पुर्ण खोप लगाइएको र नेपाल प्रवेश गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आएकोम समेत मन्त्रालयले जनाएको छ ।

उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर