नेपाली कांग्रेस बागलुङ-१ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी — OSNepal

नेपाली कांग्रेस बागलुङ-१ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी

LC (KTM) November 24, 2021 0

बलेवा, ८ मङ्सिर -नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ मा चण्डीप्रसाद शर्मा विजयी हुनुभएको छ । प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै शर्मा विजयी हुनुभएको हो । शर्माले ५५४ मत प्राप्त गर्नुभएको छ भने थापाले ५५० मत मात्रै प्राप्त गर्नुभयो । सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोबिन्द पौडेल (गोपाल) र सहसचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी हुनुभएको छ ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट खुल्ला सदस्यतर्फ जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा कँडेल, प्रकाश शर्मा पौडेल, नवराज पौडेल, ओमकार थापा, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

खस आर्यबाट महिला सदस्यमा कमला पराजुली र भगवती शर्मा सापकोटा, खस आर्य खुल्ला सदस्यमा उमाकान्त पौडेल, नारायण शर्मा पौडेल र विष्णु शर्मा दारी विजयी हुनुभयो । आदिवासी जनजाति महिला सदस्यमा बेमकुमारी थापा, खुल्लामा वसन्तकुमार श्रेष्ठ र भीम श्रीषले चुनाव जित्नुभयो । दलित महिला सदस्यमा दुर्गादेवी विश्वकर्मा र दलित खुल्ला सदस्यमा सीताराम रसायली विजयी हुनुभयो । मुस्लिम, अपाङ्ग, अल्पसङ्ख्यकमा प्रेमबहादुर छन्त्याल निर्वाचित हुनुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर