'नेपाल्स सिङ्गिङ सुपरस्टार'का विजेतालाई २५ लाख, प्रशारणको जिम्मा इमेज एचडीलाई — OSNepal

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’का विजेतालाई २५ लाख, प्रशारणको जिम्मा इमेज एचडीलाई

LC (KTM) November 23, 2021 0

पछिल्लो समय नेपालमा रियालिटी शोको क्रेज बढिरहेको छ । रियालिटी शोमा दर्शकको आकर्षण बढिरहेको समयमा टेलिभिजनहरुले पनि नयाँ नयाँ रियालिटी शोको उत्पादन गरिरहेका छन् ।यस्तैमा, इमेज टिभी एचडीबाट नयाँ रियालिटी शो प्रशारणमा आउने भएको छ । भ्वाइस स्टार नेपाल प्रा.लीले निर्माण गर्ने ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ इमेजबाट प्रशारण हुन लागेको हो । सोमबार इमेज टिभी एचडी र भ्वाइस स्टार नेपाल प्रा.ली बीच सम्झौता भएको छ ।

ईमेज एचडीका तर्फबाट कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायव महाप्रवन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रवि श्रेष्ठ र सुरज जोशीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।’नेपाल्स सिङ्गिङ सुपरस्टार’मा संगीतिक क्षेत्रमा संघर्षरत गायक/गायिका तथा दुरदराजमा रहेका प्रतिभालाई स्थान दिइने निर्देशक रवि श्रेष्ठ बताए ।

रविका अनुसार शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरुको छनोट गरिनेछ । डिजिटल अडिसन पुषको पहिलो साताबाट खुल्ला हुनेछ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ ।

२५ श्रृखलासम्म चल्ने प्रतिष्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन् । विजेतको घोषणा दर्शकले दिएको भोटका आधारमा नै हुनेछ । भोटका लागि सजिलो पे भोटिङ पार्टनर बनेको छ ।शोको निर्णायकहरु पक्‍का भइसकेका छन् । तर, प्रचारको लागि ‘गेस द जजेज’ क्याम्पिन हुनेछ । उक्त क्याम्पेनमा विजयी हुनेले उचित पुरस्कार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर