नेपाल कतार संयुक्त समितिको बैठक आज बस्दै , नेपाली कामदारलाई आउँदैछ अर्काे खुशीको खबर — OSNepal

नेपाल कतार संयुक्त समितिको बैठक आज बस्दै , नेपाली कामदारलाई आउँदैछ अर्काे खुशीको खबर

LC (KTM) December 02, 2021 0

नेपाल कतार संयुक्त समितिको चौथो बैठक आज बस्दैछ । आज बस्ने संयुक्त समितिको प्राविधिक वैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन, पुनःएकीकरण कार्यक्रम, कतारमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

बैठकमा सहभागि हुनका लागि नेपाल आएको कतारको उच्चस्तरीय टोलीले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहितको टोलीसंग शिष्टाचार भेट समेत गरेको थियो । कतारको श्रम मन्त्रालयका सचिव महमद हसन अल लवाद्ली नेतृत्वको टोलीसंगको भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री श्रेष्ठले संयुक्त समितिको वैठकले दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने बिश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर