नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ को अधिवेशन पुस ३० गते — OSNepal

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ को अधिवेशन पुस ३० गते

LC (KTM) January 07, 2022 0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ को अधिवेशन पुस ३० गते शुक्रबार राजधानीमा हुने भएको छ । अधिवेशनको उदघाट्न पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिने जनाइएको छ ।

एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ देखि ७ सम्म नै त्यहीदिन राजधानीका फरकफरक सात ठाउँंहरुमा अधिवेशन हुने जनाइएको छ । तर पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली चाहिं भौतिक रुपमा पार्टी प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ को प्रथम अधिवेशनस्थल रोयल वैक्वट तीनकुने काठमाडौंमा सहभागी हुने तय भएको प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ का अध्यक्ष एवं सम्पर्क समन्वय कमिटीका सचिव इन्द्र भण्डारीले जानकारी गराए ।

प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ का सचिव नन्दकुमार राईले अधिवेशनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । प्रदेश सम्पर्क कमिटी प्रदेश नं १ का प्रतिनिधि व्यवस्थापन समितिका सदस्य नवराज घिमिरेले अधिवेशनका लागि प्रदेश नं १ का प्रतिनिधिहरुको छनौट अन्तिम चरणमा पुगेको जानकारी गराए ।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ गरी पाँंच जना पदाधिकारीसहित ७५ जनाको कार्यसमिति चयन हुने पनि कमिटीका अध्यक्ष एवं सम्पर्क समन्वय कमिटीका सचिव भण्डारीले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर