नेपाल ठकुरी महिला परिवारको ११ औं साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न — OSNepal

नेपाल ठकुरी महिला परिवारको ११ औं साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न

LC (KTM) January 07, 2022 0

पोखरा । नेपाल ठकुरी महिला परिवारकोे ११ औं साधारण सभा तथा पाँचौ अधिवेशनले सरस्वती हमालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ ।समितिको प्रथम उपाध्यक्षमा आशा सेन, द्धितीय उपाध्यक्षमा लक्ष्मी शाही, सचिव लक्ष्मी खाँण हमाल, कोषाध्यक्ष नितु शाही, सह सचिव सम्झना हमाल, सह कोषाध्यक्ष पुनम मल्ल , शुष्मा मल्ल, स्वफि खाँण, सरस्वती सेन, कौशिला शाही, मैना सेन छन् ।

अधिवेशनलमा नेपाल ठकुरी महिला परिवारको सल्लाहकार करुणा हमालले ठकुरी महिला परिवारलाई कास्की जिल्लामै नमुना महिला समुह बन्न सुभकामना दिदैँ नयाँ कार्यसमितीको उत्तरउत्तर प्रगतिको कामना गर्नु भयो । उँहाले भविष्यमा गरिने हरेक योजना ठकुरी महिला मैत्री बनाउन अनुरोध गर्दै ठकुरी संगम परिवारको इज्जत , नीति र नियम पूर्णरुपमा पालना गर्न सुझाउनु भएको थियो ।

नव निर्वाचित अध्यक्ष सरस्वती हमालले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्णलाई धन्यवाद दिनु भयो । उँहाले महिलाहरुको हितमा हुने हरेक निर्णय गर्न आफू तयार रहेको बताउँदै ठकुरी महिलाको गरिमा र उचाईलाई थप टेवा दिने बताउदैँ सामाजिक उत्तर दायित्वलाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भयो । उहाँले महिलाहरु पनि अगाडि बढ्नुपर्ने र त्यसका लागी समाजले सहयोग पु¥याउनु पर्ने बताउनु भयो निर्वतमान अध्यक्ष बिष्णु उच्चै ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला परिवारका सचिव लक्ष्मी शाहीले सञ्चालन गरेको सभामा उपाध्यक्ष सरस्वती हमाल ठकुरीले स्वागत गर्नुभएको थियो ।

सभामा ठकुरी महासंघका कार्यबाहक अध्यक्ष खिम बहादुर शाही, नेपाल ठकुरी संगम परिवारका अध्यक्ष शेर बहादुर उच्चैं, महिला परिवारका कानुनी सल्लाहका हिरा विक्रम शाही, साहित्यकार दुर्गा बहादुर शाह, ठकुरी संगम परिवार कास्कीका अध्क्ष फम बहादुर शाही, ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमाल लगायतले शुकामना व्यक्त गरेका थिए ।त्यस्तै निर्वाचन मण्डलमा संयोजक डा. बिरेन्द्र हमाल , डा.सुरजित सेन र चित्र बहादुर मल्ल रहेका थिए । निर्वाचन संयोजक डा. बिरेन्द्र हमालले नवनिर्वाचित टिमलाई सपथ गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर