नेपाल नेतृत्वको पार्टी स्वार्थीहरुको झुण्ड हो यसले अगामी चुनावमा एक सिट पनि ल्याउन सक्दैन : विष्णु पौडेल — OSNepal

नेपाल नेतृत्वको पार्टी स्वार्थीहरुको झुण्ड हो यसले अगामी चुनावमा एक सिट पनि ल्याउन सक्दैन : विष्णु पौडेल

LC (KTM) September 15, 2021 0

काठमाडौं ३० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले विभाजन भयो भनेर चिन्ता लिनु नपर्ने बताएका छन् । रुपन्देहीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले दुई महिना सम्म मन्त्रिपरिषद्लाई पुर्णता दिन नसक्ने सरकारले अरु के गर्न सक्छ भन्दै आलोचना समेत गरेका छन् ।जसरी पनि सत्तामा पुग्ने महात्वाकांक्षाले प्रचण्डले माधव नेपालहरु जस्ता स्वार्थी तत्वको साथ लिएर पार्टी कब्जा गर्ने कोशिस गर्दा नेकपामा विभाजन भएको हो पौडेलले दावी गरेका छन् ।

नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी स्वार्थीहरुको झुण्ड हो जसले अगामी चुनावमा एक सिट पनि ल्याउन नसक्ने उनले ठोकुवा गरेका छन् । स्वार्थ र पदको आकांक्षले गर्दा विभाजन भएको एमाले कुनै एजेण्डाका आधारमा विभाजन नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर