नेपाल प्रहरी मोबाइल एपको प्रयोग तथा विशेषता सम्बन्धी दोस्रो समूहको अनुशिक्षण सम्पन्न — OSNepal

नेपाल प्रहरी मोबाइल एपको प्रयोग तथा विशेषता सम्बन्धी दोस्रो समूहको अनुशिक्षण सम्पन्न

LC (KTM) November 30, 2021 0

काठमाडौं, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, कार्य विभाग एवम् प्रशासन विभागको अनुगमन तथा प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयको आयोजनामा ‘नेपाल प्रहरी मोबाइल एप’को प्रयोग तथा विशेषता सम्बन्धी २ दिवसीय अनुशिक्षण सोमबार सम्पन्न भएको छ ।

अनुशिक्षण कार्यक्रममा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग सूचना प्रविधि निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक अरूण कुमार भण्डारी र प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक टेक प्रसाद राई एवं सूचना प्रविधि निर्देशनालयका अन्य अधिकृतहरुले उक्त अवधिको छुट्टाछुट्टै सत्रमा नेपाल प्रहरी मोबाइल एपको प्रयोग, विशेषताहरु, फाइदाहरु तथा आम नागरिकले एप मार्फत प्रहरीलाई दिन सक्ने कुनै पनि घटना, अपराध लगायतका सूचनाहरुको विवरण तथा प्रहरी कर्मचारीहरुले एपको प्रयोगबाट लिन सक्ने सुबिधा सम्बन्धी जानकारी दिनुभएको थियो ।

उक्त अवधिमा प्रहरी प्रधान कार्यालय लगायत देशभरबाट १ सय ३७ वटा प्रहरी कार्यालयका कार्यालय प्रमुख, सूचना अधिकृत, डिउटी अफिसर र घटना सम्बन्धी विवरण तथा अभिलेख व्यवस्थापनमा खटिएका कुल १ हजार १ सय ४७ जना प्रहरी कर्मचारीहरुलाई भर्चुल उपस्थितिमा उक्त अनुशिक्षण प्रदान गरिएको हो ।

नेपाल प्रहरीको Area Of Responsibility (AOR) निकै बृहत् रहेको तथा सो अनुसार जनशक्ति न्यून रहेकोले सबै ठाउँमा प्रहरीको उपस्थिति असम्भव रहेको छ । यस अवस्थामा नेपाल प्रहरी मोबाइल एपले आम नागरिकलाई यी विभिन्न सामाजिक समस्याहरुको सूचना नेपाल प्रहरीलाई सजिलै उपलब्ध गराउन सक्ने Geographical Information System (GIS) मा आधारित वातावरण प्रदान गरेको छ । जसको प्रयोगले आम नागरिक आफू पीडित भएको अवस्थामा होस् वा कुनै घटनाको प्रत्यक्षदर्शी भएको बेला प्रहरीलाई स्थान सहितको सूचना प्रदान गर्न सक्षम भएको छ । प्रहरीलाई पनि सो स्थानमा छिटो छरितो रुपमा सहजै पुगी प्रहरी सेवामा चुस्तता ल्याउन मद्दत पुगेको छ । साथै नेपाल प्रहरी मोबाइल एपद्वारा अडियो, फोटो र भिडियो जस्ता प्रमाणजन्य सूचना प्राप्त गरी अपराध अनुसन्धानमा सहजताका साथै प्रहरी कार्यलाई अझै चुस्त राख्न समेत मद्दत पुगेको छ ।

आ.व. २०७५/०७६ अन्तर्गत नेपाल प्रहरीले मोबाइल एपलाई प्रहरीको आन्तरिक प्रयोजनका लागि तथा आम नागरिकहरुले प्रहरीसँग सम्बन्धित घटना तथा अन्य जानकारी गराउन सक्ने प्रावधान सहित विकास गरेको थियो । हाल आधिकारिक रुपमा यस प्रणालीलाई १५ वटा जिल्लाहरुमा कार्यान्वयन गरिएको छ भने अन्य केही जिल्लाहरुमा समेत अनौपचारिक रुपमा प्रयोगमा ल्याईएको छ । नेपाल प्रहरीको आन्तरिक प्रयोजन अन्तर्गत यस प्रणाली मार्फत Nepol.cd, PMIS profile, Geo-attendence, Police Calender, GPS Tracker, Patrolling जस्ता सुविधाहरु छन् ।

आमनागरिकका लागि Report incident/Public Eye मार्फत आफू पीडित भएको अवस्थामा वा कुनै घटनाको प्रत्यक्षदर्शी भएको बेला प्रहरीलाई स्थान सहितको सूचना प्रदान गर्ने व्यवस्था रहेको र Panic Mode अन्तर्गत आकस्मिक रुपमा प्रहरीबाट सहयोग चाहिएको खण्डमा उक्त Feature Enable गरे लगत्तै नेपाल प्रहरीले Dashboard मा सो व्यक्तिको सम्पर्क नम्बर तथा स्थान सहितको सूचना प्राप्त भई सम्बन्धित स्थानमा प्रहरी सहजै पुग्न सक्दछ ।

साथै मोबाइल एपमा नेपाल प्रहरीका कर्मचारी तथा आम नागरिक दुवैलाई सहज हुने गरी News, Guidelines, Police Station Nearby, FM Station एवम् E-compliant जस्ता सुविधा रहेका छन् । गुगल प्लेस्टोर र एप्पल स्टोरबाट उक्त मोबाइल एप डाउनलोड गरी सुविधा प्रयोग गर्न सम्पूर्ण प्रहरी कर्मचारी तथा आम नागरिकलाई प्रहरी प्रधान कार्यायल अनुरोध समेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर