नेपाल–भारत सिमाना नजिकै तोरी खेतमा हात्ती मृत फेला — OSNepal

नेपाल–भारत सिमाना नजिकै तोरी खेतमा हात्ती मृत फेला

LC (KTM) January 05, 2022 0

बर्दियाको राजापुर नगरपालिका–१० ढुण्डिपुर गाउँमा जङ्गली वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सिमाना नजिक राजापुर–१० ढुण्डिपुर गाउँको गहुँ तोरी खेतमा आज जङ्गली हात्ती मृत अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा रवीन कडरियाले जानकारी दिनुभयो ।

रोग वा अन्य मृत्युका बारेमा थप अनुसन्धानलगायत पोष्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीको बताउनुभयो । दुई दिनअघि राजापुर–९ की ५४ वर्षीया भुसिया थारुको बाख्रा चराउन गएका बेला सोही क्षेत्रमा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर