नेपाल भाषाको गीतमा उषा, कविता र स्मारिकासँग डेलविस, राज र प्रितमको छमछमी — OSNepal

नेपाल भाषाको गीतमा उषा, कविता र स्मारिकासँग डेलविस, राज र प्रितमको छमछमी

LC (KTM) December 09, 2021 0

काठमाडौँ । ट्रि इन्टरटेन्मेन्टले चलचित्र निर्माणसँगै गीतसंगीत निर्माणमा पनि आफूलाई अगाडि सारिरहेको छ । यसअघि ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरेको यो ब्यानरले नेपाल भाषाको गीत आज सार्वजनिक गरेको छ । काठमाडौंको क्यूज हलमा कार्यक्रमको आयोेजना गर्दै ‘धाय मफुता’ बोलको नेपाल भाषाको गीत सार्वजनिक गरिएको हो ।

यो गीतमा दीपक नेपालीको शब्द छ । दीपकले आफूले आधा घन्टामा यो गीत तयार पारेको बताए । गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज, अस्मिता परियार र प्रिज्ज्वल नेपालीको स्वर छ । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोेडलहरुले अभिनय गरेका छन् । मोेडलहरु उषा उप्रेती, कविता नेपाली र स्मारिका ढकालले गीतमा बेजोेड नृत्य गरेका छन् । उनीहरुलाई डेलविस, राज, प्रितम क्षेत्रीले साथ दिएका छन् ।

भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । निर्देशक चन्दले नेपाल भाषाको गीतमा कलाकार र टिमको सहयोेगमा उत्कृष्ट काम भएको बताए ।
अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । कार्यक्रममा बोल्दै कलाकार उषा उप्रेतीले नेपाल भाषाको गीतको भिडियोमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । यस्तै, कलाकारद्धय डेलविस र राजले परिवार र म्युजिक क्षेत्रको साथ पाएर आफूहरु अगाडि बढेको भन्दै खुशी व्यक्त गरे । कलाकार स्मारिक ढकालले सुरुमा गीतको शब्द नवुझेर काम गर्न गाह्रो भएपनि सबैको सहयोेगमा उत्कृष्ट काम भएको सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर