नेपाल र देउवाबिच यस्तो सहमति भएपछि, भोली नेपाल समुहका २८ सांसदहरुले राजीनामा दिँदै — OSNepal

नेपाल र देउवाबिच यस्तो सहमति भएपछि, भोली नेपाल समुहका २८ सांसदहरुले राजीनामा दिँदै

LC (KTM) May 12, 2021 0

काठमाडौँ २९ बैशाख । नेकपा एमालेका माधव नेपाल समुहका २८ सांसदहरुले सामुहिक राजीनामा दिने भएका छन् । नयाँ सरकार गठनको विषयमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र माधव नेपाल बिच सहमति भएसँगै भोली बिहान नौ बजे नेपाल समुहका सांसदहरुले सामुहिक राजीनामा दिने भएका हुन् । नयाँ सरकार गठनको लागि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को २ अनुसार भोली ३० गते राति नौ बजे सम्मको समय दिएकी छन् ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न जनता समाजवादी पार्टीसँग साथ मागेपनि जसपा भित्रै मनमुटाव सुरु भएपछि देउवाले सरकार गठनको लागि नेपाल समुहको साथ खोजेका हुन् । हिजो राति देउवा निवासमा भएको गोप्य वार्तामा देउवा , नेपाल र अर्का नेता भीम रावलबिच यस्तो सहमति भएको हो । हिजोको गोप्य बैठकमा नेपाल समुहका सबै सांसदले राजीनामा दिए उपनिर्वाचन गराएर उनीहरु सबैलाई जिताएर ल्याउने देउवाले नेता नेपाललाई वचन दिएका छन् ।

बैठकमा एक वर्ष पछि चुनाव गराउने र उक्त चुनावी सरकारको नेतृन्व नेपालले गर्ने सहमति भएको पनि बुझिएको छ । नेपाल समुहका ६ जनालाई कांग्रेसको नेतृत्वमा अब बन्ने सरकारमा मन्त्री बनाउने पनि सहमति भएको स्रोतले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर