नेपाल र भारतबीचको खेल पहिलो हाफमा गोल रहित बराबरीमा — OSNepal

नेपाल र भारतबीचको खेल पहिलो हाफमा गोल रहित बराबरीमा

LC (KTM) October 16, 2021 0

साफ च्याम्पियसिप फुटबलको फाईनल खेलमा अहिले नेपाल र भारत प्रतिष्पर्धा गरिरहेका छन् । पहिलो हाफ सकिदा सम्म दुबै टीमले गोल रहित बराबरी खेलेका छन् । भारतले पाएको थुप्रै अवसरहरु खेर फालेको थियो । नेपालले पनि गोल गर्ने केही अवसरहरु सिर्जना गरे पनि गोल गर्न सकेन । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेलिरहेको हो । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो । त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ । तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ ।साफमा भारत सबैभन्दा सफल टिम हो । भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ ।

साफअन्तर्गत नै लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १(० ले हराएको थियो ।भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पूर्णरुपमा हाबी छ ।नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर