नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउन मन्त्री आलेको आग्रह — OSNepal

नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउन मन्त्री आलेको आग्रह

LC (KTM) November 23, 2021 0

काठमाडौँ, ७ मङ्सिर -संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन आग्रह गर्नुभएको छ । युरोपियन युनियनका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेकाले हटाइदिन आग्रह गर्नुभएको हो ।

मन्त्री आलेको आग्रहपछि निर्देशक पम्पोलिनीले नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन सकारात्मक कुरो सुरु भएको छ, कालोसूचीबाट हट्ने छ ।” उक्त छलफका क्रममा दुई पक्षीय सहयोगका विभिन्न विषयमा छलफल भएको थियो । नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि उहाँ काठमाडौँमा हुनुहुन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर