नेपाल सधै भारत संग निरिह , साफको उपाधी आठौ पटक भारतलाई — OSNepal

नेपाल सधै भारत संग निरिह , साफको उपाधी आठौ पटक भारतलाई

LC (KTM) October 16, 2021 0

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने नेपालको सपना चकनाचुर भएको छ । पहिलो पटक साफको फाइनलमा पुगेको नेपाल एउटा ईतिहास रच्न बाट चुकेको छ । माल्दिभ्समा आज राति सम्पन्न फाइनलमा नेपाललाई तीन शुन्य गोल अन्तरले पराजित गर्दै भारत आठौ पटक च्याम्पियन बनेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले समान एक एक गोल गरे ।

पहिलो हाफ बराबरी खेलेको भारतले लगातार दोस्रो हाफमा ३ गोल लगाएको हो । भारतले ४९ , ५० र ८० औ मिनेटमा भारतले गोल गरेको थियो । हारका बाबजुद नेपाल पहिलो पटक साफमा उपविजेता बन्न सफल भएको छ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो ।नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर