नेपाल समुहलाई संकेत गर्दै ओलीले भने, अर्काको दुःखमा रमाउने प्रवृतिको विगविगी देखिएको छ — OSNepal

नेपाल समुहलाई संकेत गर्दै ओलीले भने, अर्काको दुःखमा रमाउने प्रवृतिको विगविगी देखिएको छ

LC (KTM) May 30, 2021 0

काठमाडौं १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली माधव नेपाल समुहलाई संकेत गर्दै माथिबाट धमिलो पानी बग्ने बगाउने काम भइरहकोले यो चिन्ताको र चासोको विषय बनेको बताएका छन् ।आइतबार तेस्रो महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो गम्भिर चिन्ता र चासोको कुरा भएको बताएका हुन् ।

आफ्नै पार्टीको सरकार ढाल्न कहिले विश्वासको मत नहाल्ने कहिले अर्को सरकार बनाउन विपक्षी दललाई समर्थन गर्ने प्रवृतिले चिन्ताको विषय बढेको ओली बताए । दलीय मर्यादा, दलीय प्रणाली नमान्ने कार्यले गर्दा देशमा अरजकताले ठुलै अनिष्ठ ल्याउने संकेत गरेको ओलीको तर्क रहेको छ ।

‘दलीय मर्यादा, दलीय प्रणाली नमान्ने तिनले खाएको सपथ झुठो, बेइमानी र कपट लुकेको हुन्छ ’ ओलीले भने । सामाजिक न्याय समानताको त कुरै छोडौँ छाडा,अशिष्टता र अश्लीलता, अमर्यादित परपीडक प्रवृति छ । अर्काको दुःखमा रमाउने प्रवृतिको विगविगी देखिएकोले यो गम्भिर चिन्ता र चासोको विषय भएको ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर