नेपाल सरकारको अदुरदर्शी निणर्यले प्रदेश-२ का जनताको शतप्रतिशत विल्लीवाठ हुने निश्चित छ : मुख्यमन्त्री राउत — OSNepal

नेपाल सरकारको अदुरदर्शी निणर्यले प्रदेश-२ का जनताको शतप्रतिशत विल्लीवाठ हुने निश्चित छ : मुख्यमन्त्री राउत

LC (KTM) June 03, 2021 0

काठमाडौँ २० जेठ । प्रदेश २ सकारले बजेटको ल्याउँदाको वक्तव्यलाई सच्याउन आग्रह गरेको छ । चौतर्फी आलोचना भइरहेको चुरे क्षेत्रको विषयलाई लिएर मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ती जारी गर्दै बक्तव्य सच्याउन आग्रह गरको हुन् ।

विज्ञप्ती मार्फत प्रदेश २ सरकारले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने निर्णय फिर्ता लिन केन्द्र सरकारलाई आग्रह गरेको छ । अन्यथा चुरे संरक्षणका लागि आवश्यक निर्णय लिने उसको चेतावनी छ ।नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन अनुरोध गर्नुका साथै यस्ता कार्य तत्काल नरोकिए तराई मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ ।’ विज्ञप्तीमा भनिएको छ ।

अन्नभण्डारको रुपमा रहेको प्रदेश २ क्षेत्रलाई मरुभुमिकरण बनाई शतप्रतिशत जनताको विल्लीवाठ हुने निश्चित रहेको विज्ञप्तमिा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर