नोवेल मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालोमोसो — OSNepal

नोवेल मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालोमोसो

LC (KTM) January 14, 2022 0

काठमाडौं, ३० पुस – नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो ।

अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो ।

कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेका छन् ।

यो पनि : सप्तरीमा तीन दिनमा तीन न्यायाधीशसहित २० जनामा कोरोना पुष्टि : सप्तरीमा तीन जना न्यायाधीशसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।शुक्रबार १६ जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए।

उनले भने, ‘तीन दिनमा २० जनामा संक्रमण पुष्टि भएको छ ।ज्वरो आउनेको संख्या जिल्लामा एकदमै बढ्दै गएको जानकारीमा आए पनि पीसीआर टेस्ट गर्न भने सर्वसाधारण एकदमै कम आउने गरेको बताइएको छ ।

संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् । उनले जिल्लाको कुनै पनि आइसोलेसन तयारी अवस्थामा नरहेको बताए । राजविराज नगरपालिकासहित जिल्लाका गाउँपालिका नगरपालिकामा तत्काल आइसोलेसन निर्माण गर्ने विषयमा छलफल भइरहेको यादवको भनाइ छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमामा पीसीआर परीक्षण भइरहेको जानकारी समेत यादवले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर