नौ जना युवकले गरे तीन किशोरीको सामुहिक बलात्कार, तीन जना पक्राउ ६ जना फरार — OSNepal

नौ जना युवकले गरे तीन किशोरीको सामुहिक बलात्कार, तीन जना पक्राउ ६ जना फरार

LC (KTM) October 17, 2021 0

काठमाडौं ३१ असोज । नौ जना युवकले तीन जना किशोरी माथि सामुहिक बलात्कार गरेका छन् । सिन्धुली जिल्लाको कमालामाई नगरपालिका ५ बोझेका तीन १५, १६ र १७ वर्षकी किशोरी माथि सोही स्थान बस्ने नौ जना युवकले शनिबार राति बोलाएर सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक रामभक्त भट्टराईले दिएको जनाकारी अनुसार २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको छ । थप ६ जनाको खोजी कार्य भइरहेको बताइएको छ । पिडित किशोरीको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले यस विषयमा थप अनुशन्धान बढाएको छ ।

पिडित बालिकाको मेडिकल जाँचका क्रममा बलात्कार भएको पुष्टि भएको छ । दशैँ बिदाका कारण अदातल बन्द भएकाले अहिले पुर्जी लिइएको छ । साथै अदालत खुल्ने बितिक्कै थुनामा राखेर अनुसन्धान गर्ने र म्याद थप लिइ थप कारबाही प्रक्रिया अगाडी बढाइने बताइएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार बलात्कृत हुने एक किशोरी र बलात्कार गर्नेमध्ये एक युवकबिच पहिले देखि नै चिनाजान रहेको पनि खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर