नौ दिनमा ३० देशमा फैलिएको ‘ओमिक्रोन’ भेरियन्टको फैलावट डेल्टा भेरियन्टको भन्दा कयौं गुणा बढी — OSNepal

नौ दिनमा ३० देशमा फैलिएको ‘ओमिक्रोन’ भेरियन्टको फैलावट डेल्टा भेरियन्टको भन्दा कयौं गुणा बढी

LC (KTM) December 03, 2021 0

काडमाडौं १७ मंसिर । गएको नौ दिनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ३० देशमा फैलिएको छ ।

दक्षिण अफ्रिकाबाट सुरु भएको ‘ओमिक्रोन’ छिमेकी मुलुक भारतको कर्नाटक देखिसकेको छ ।

अनुसन्धानकर्ताहरुले दिएको जानकारी अनुसार डेल्टा भेरियन्टको फैलावट भन्दा ओमिक्रोनको फैलावट कयौं गुणा बढी रहेको जनाइएको छ ।

‘ओमिक्रोन’ भाइरसको कुल ५३ म्युटेशन भइसकेको र उसको स्पाइक प्रोटिनमै ३२ म्युटेशन हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर