न्यायलय आन्दोलनको निकासबारे त्रिविका चार पूर्वउपकुलपतिले सरकार र दलहरूको ध्यानाकर्षण गराए — OSNepal

न्यायलय आन्दोलनको निकासबारे त्रिविका चार पूर्वउपकुलपतिले सरकार र दलहरूको ध्यानाकर्षण गराए

LC (KTM) November 13, 2021 0

काठमाडौं, २७ कात्तिक – त्रिभुवन विश्वविद्यालयका चार जना पूर्वउपकुलपतिले न्यायलयमा देखिएको समस्या समाधानका लागि सरकार र दलहरुको ध्यानाकर्षण गराएका छन् ।

पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जंग शाहले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै बार एसोसिएशनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा लामो समयदेखि सर्बोच्च अदालतमा भइरहेको बार एसोसिएशनको आन्दोलन र जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासिनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको उल्लेख छ। न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन पनि आन्दोलनले अविलम्ब निकास पाउन जरूरी भएकोमा जोड दिइएको छ ।

‘न्यायालयले जनताको विश्वास गमाएपछि न्याय पाउन जनता जाने कहाँ ? यस्तो स्थितिप्रति सरकार र राजनैतिक दलहरू संवेदनहीन भएर बस्नु भनेको अत्यन्त आश्चर्यलाग्दो छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जनताले सरकारलाई गैरजिम्मेवार र राजनैतिक नेताहरूलाई अवसरवादीको आक्षेप लगाउने स्थिति नआओस् भन्ने हामी चाहन्छौँ । आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ सरकार र दलहरूले अविलम्ब पाइला चालोस्, हाम्रो आग्रह छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर