पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा संक्रमण पुष्टि हुँदा १२ जनाले गुमाए अकालमै ज्यान — OSNepal

पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा संक्रमण पुष्टि हुँदा १२ जनाले गुमाए अकालमै ज्यान

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा गरिएको परिक्षणमा ७ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ८ सय ८८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

त्यसै गरी, थप १२ जना संक्रमितले भने उपचारको क्रममा ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर