पछिल्लो २४ घण्टामा ३१५ संक्रमित थपिदा ६ जनाले गुमाए ज्यान — OSNepal

पछिल्लो २४ घण्टामा ३१५ संक्रमित थपिदा ६ जनाले गुमाए ज्यान

LC (KTM) December 02, 2021 0

पछिल्लो २४ घण्टामा ३१५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मा ११ हजार ४०३ जनामा कोरोना परीक्षण हुँदा ३१५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही अबधीमा २०१ जनाले कोरोना जितेका छन् ।

कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७ हजार ४५ जना रहेको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । । संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ३६९ जनामा संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर