पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६६४ जना भए संक्रमण मुक्त — OSNepal

पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६६४ जना भए संक्रमण मुक्त

LC (KTM) October 28, 2021 0

काठमाडौं ११ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तैगरी, पछिल्लो २४ घण्टामा ६६४ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा २ जनाको ज्यान गएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार कोरोनाका बिरामीमध्ये २४८ जना आईसीयू र ८०१जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर