पञ्‍चायती जेलमा चौध वर्ष बिताएकोले मेरो लागि सत्तामा रहनु या नरहनु प्रमुख विषय होइन : प्रधानमन्त्री ओली — OSNepal

पञ्‍चायती जेलमा चौध वर्ष बिताएकोले मेरो लागि सत्तामा रहनु या नरहनु प्रमुख विषय होइन : प्रधानमन्त्री ओली

LC (KTM) May 28, 2021 0

काठमाडौं १४ प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्‍चायती जेलमा चौध वर्ष बिताएकोले आफ्नो लागि सत्तामा रहनु या नरहनु प्रमुख विषय नभएको स्पष्ट पारेका छन् । देशवासीको नामा आज सम्बोधन गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘लोकतन्त्रका लागि आफ्नो जीवनको आधा शताब्दीभन्दा बढी खर्चेको र पञ्‍चायती जेलमा चौध वर्ष बिताएको मेरा लागि सत्तामा रहनु या नरहनु प्रमुख विषय हुँदै होइन’ सम्बोधनमा ओलीले भने । आफ्नो लागि सत्ता साधन मात्र हो, साध्य होइन भन्दै ओलीले सम्बोधनमा अगाडी भने, ‘साध्य त राष्‍ट्रियताको सम्वर्द्धन र सार्वभौमसत्ताको रक्षा हो। राष्‍ट्रिय अस्मिता र स्वाभिमानको संरक्षण हो। लोकतन्त्रको सुदृढीकरण गर्दै जनताको जीवनमा अनुवाद गर्नु हो।यसलाई राजनीतिक अधिकारको दायराबाट माथि उठाएर मानवीय आकाङ्क्षाको समष्‍टिका रूपमा विकसित गर्नु हो।’

अधिकारको प्राप्‍ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको प्रत्याभूति एवं सम्मान र सुरक्षाको सुनिश्‍चितता भएको समाज निर्माण गर्न आफ्नो तर्फबाट प्रयास भइरहेको पनि ओलीले बताएका छन् ।’आजको मुख्य चिन्ता अलोकतान्त्रिक, नैतिकमूल्यहीन र विकृत अभ्यास झाँगिदै गएर लोकतान्त्रिक गणतन्त्रप्रतिको जनविश्‍वास नै गुम्ला कि भन्‍ने हो। जनविश्‍वास गुमेको प्रणाली फेरि जोखिममा पर्ला कि भन्‍ने हो’ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर