पढाई पुरा गरेर फर्किइन् शाहरुख खानकी छोरी सुहाना, के अब बलिउड प्रबेश गर्लिन त ? — OSNepal

पढाई पुरा गरेर फर्किइन् शाहरुख खानकी छोरी सुहाना, के अब बलिउड प्रबेश गर्लिन त ?

LC (KTM) January 14, 2022 0
शाहरुख खानकी छोरी सुहाना खान न्युयोर्क युनिभर्सिटीबाट फिल्म मेकिङको अध्ययन सकेर मुम्बई फर्किएकी छन् । जनवरी १४ मा सुहाना खान मुम्बईको लोनावालामा देखिएकी थिइन् । उनी आफ्नो कारमा बसिरहेकी थिइन् । यसै क्रममा पापाराजीले सुहानालाई देखे ।पापाराजीलाई देखेपछि सुहाना खानले हात मिलाइन् । सुहाना खानलाई सहरमा फर्केर हेर्दा उनका फ्यानहरूको उत्साहको सीमा रहेन।
सुहाना खानले नोभेम्बर २०२१ मा न्युयोर्क छोड्ने संकेत दिएकी छन्। सुहाना खान बलिउडमा आउन चाहन्छिन् । अहिले उनले आफ्नो पढाइ पूरा गरिसकेका छन् । तर सुहाना खानले फिल्ममा कहिले डेब्यु गर्छिन्, त्यो भने हेर्ने कुरा हो । गत वर्ष सुहाना खानका लागि खास थिएन । उनको परिवारमा ठूलो संकट आयो ।
सुहाना खानका भाइ आर्यन खानलाई एनसीबीले लागूऔषध मुद्दामा पक्राउ गरेको थियो । खान परिवार त्रसित भयो। त्यतिबेला सुहाना खान मुम्बईमा थिइनन् । उनी अमेरिकामा थिइन् । सुहाना खान आफ्नो भाइ आर्यन खानसँग निकै नजिक छिन् । सुहाना र आर्यनका धेरै साथीहरु समान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर