पत्निसँग सम्बन्ध बिग्रेका बलिउडका सुपरहिरो ऋतिक रोशनको यस्तो छ संघर्षको कथा — OSNepal

पत्निसँग सम्बन्ध बिग्रेका बलिउडका सुपरहिरो ऋतिक रोशनको यस्तो छ संघर्षको कथा

LC (KTM) August 27, 2021 0

काठमाडाैं , ११ भदाै । बलिउडका पहिलो सुपरहिरो क्रिस अर्थात ऋतिक रोशन पछिल्लो समय बडी र नृत्यका कारण चर्चा आउने गर्छन् । ऋतिक ४७ वर्षकाे हुँदा पनि उत्तिकै फिट र स्टाइलिस् छन् । यसै कारण उनको फ्यान बढ्दो छन् । पछिल्लो समय उनलाई फिल्म ‘वार’मा देखिएको थियो । त्यसयता उनी फिल्ममा देखिएका छैनन् ।

त्यसो त उनको फिल्मको कामलाई कोरोना भाइरसको महामारीले पनि प्रभाव पार्यो । निर्देशकको घरमा जन्मिए पनि उनले बलिउडमा आफूलाई स्थापित गर्न संघर्ष गरे । उनले बाल कलाकारको रुपमा आफ्नो अभिनय यात्रालाई प्रारम्भ गरे । उनले सन् १९८० देखि बालकलाकारको रुपमा १९८६ सम्म काम गरे । त्यसपछि उनले १९८७ देखि ९७ सम्म क्रमश: खुदगर्ज, किंग अंकल, करण अर्जुन र कोइलामा एसिस्टेन्ट निर्देशकको रुपमा काम गरे ।

बलिउडकर्मीकै घरमा जन्म लिएता पनि उनले संघर्षको त्यो चरण पार गरेपछि पिता राकेश रोशनकै फिल्म ‘कहो ना प्यार हे..’ मार्फत बलिउडमा अभिनेताको रुपमा सन् २००० मा डेब्यू गरे । त्यही वर्ष उनको अन्य फिल्महरू फिजा र मिसन कश्मिर पनि रिलिज भयो । कहो ना प्यार हे मार्फत सोलो हिरो बनेका ऋतिकलाई त्यसपछि फ्यामिली ड्रामा कभी खुसि कभी गमले सफलता दिलायो ।

यद्दपी उनको सुपरहिट फिल्म भने सन् २००३ मा रिलिज भएको ‘कोइ मिल गया’ आयो । त्यसपछि उनले सन् २००६ मा त्यसको निरन्तरता क्रिस गरे । जुन फिल्म इण्डियाकै पहिलो सुपरहिरो फिल्म थियो भने ऋतिकलाई स्थापित बनायो । त्यसपछि उनको क्रेज एकपछि अर्को फिल्मले बढायो । उनले आफूलाई अभिनेता बनाउनु अगाडि निर्देशकको रुपमासमेत प्रस्तुत गरे । यसैले गर्दा पनि उनले बलिउडमा पछिल्लो समय सफलता पाइरहेका छन् । त्यसो त ऋतिकको पहिलो फिल्मकी हिरोइन थिइन् करिना कपूर । तर , उनले फिल्मबाट आफूलाई अलग बनाइन । त्यसपछि फिल्ममा अमिषा पटेलको इन्ट्री भयो ।

यस्तै , ऋतिकले डेब्यु वर्ष सन् २००० मै पाएको फिल्म ‘मिशन कश्मिर’ मा एक्ट्रेस प्रिती जिन्टा भन्दा ४ लाख कम पारिश्रमिक पाएका थिए । विधु विनोद चोपडा निर्देशित फिल्ममा ऋतिकले ब्रेक पाउनु नै ठुलो कुरा थियो । त्यसैले उनको रोल नहेरी स्टारडमका आधारमा प्रितीले बढी रकम पाएकी थिइन् । ऋतिकलाई अगाडि बढाउने फिल्महरुको बारेमा आज हामी चर्चा गर्दैछौं ।

कहो ना प्यार है ..

बलिउडमा एक्टरको रुपमा पाइला टेकेको फिल्म ‘कहो ना प्यार है ..’ ले ऋतिकलाई स्थापित बनायो । यो फिल्म भन्दा अगाडि उनले झन्डै १३ वर्ष एसिस्टेन्ट निर्देशकको रुपमा फिल्महरुमा काम गरे । सन् १९८७ बाट निर्देशकलाई सघाउने कार्य थालेका उनले १९९८ मा आएर हिरो बन्ने अवसर पाए । उनले होम प्रोडक्सनको फिल्ममा काम गरेपछि फिजा र मिशन कश्मिरमा कम गर्ने मौका पाएका थिए ।

उनले फिल्ममा डबल रोल निभाएका थिए भने उनको डान्सले दर्शकको मनमा स्थान बनाएको थियो । फिल्मलाई ऋतिककै पिता राकेश रोशनले निर्देशन गरेका थिए भने उनको को-स्टार थिइन् अमिषा पटेल । फिल्मको गीतसंगीत पनि निकै रुचाइएको थियो । उक्त समयमा १० करोडमा बनेको फिल्मले झन्डै ८० करोडको आसपासमा विजनेस गरेको थियो ।

कभी खुसी कभी गम : ऋतिकले बलिउडमा डेब्यू गरेको एक वर्षपछी सन् २००१ मा उनको ‘कभी खुसी कभी गम’ रिलिज भयो । करण जोहर निर्देशित फिल्ममा अमिताभ बच्चन , शाहरुख खान , काजोलसँग ऋतिकले स्क्रीन शेयर गर्ने मौका पाएका थिए । उक्त समयको भव्य फिल्म थियो । फिल्मले ऋतिकलाई पनि फाइदा दियो । फ्यान फ्लोर्स बढायो भने उनको कामको पनि चर्चा भयो । यस फिल्ममा ऋतिकको जोडी करीना कपुर बनेकी थिइन् ।

कोइ मिल गया : झन्डै दुइ वर्ष असफलताको सामना गरेका ऋतिकलाई सन् २००३ मा रिलिज भएको फिल्म ‘कोइ मिल गया’ ले सफल बनायो । प्रिती जिन्टासँगको फिल्ममा ऋतिकले राम्रो काम गरेका थिए । उनले दिमाग कम्जोर भएको भूमिका निर्वाह गरेका थिए , जसलाई अत्यधिक रुचाइयो । उनकै पिता राकेश रोशन निर्देशित फिल्ममा ऋतिकले शक्ति पाएर आफ्नो क्षमता बढाउने भूमिकालाइ रुचाइयो । साथै , ऋतिकले डेब्यु फिल्मपछी आफ्नै दममा सोलो हिट दिएको फिल्म पनि बन्यो ।

क्रिस : कोइ मिल गया फिल्ममा काम गरेपछि ऋतिक सेलेक्टेड भए । उनले क्रिस अगाडि मात्र लक्ष्य नामक एक फिल्ममा काम गरे । किनकी उनी इण्डियाकै पहिलो सुपर हिरो बन्दै थिए । अन्तत: सन् २००६ मा राकेश रोशनकै निर्देशनमा तयार भएको फिल्म ‘क्रिस’ ले ऋतिकलाई बलिउडमा स्थापित गर्‍याे । डान्स र अभिनयको कारण युवामा क्रेज बनाएका ऋतिकले सुपरहिरोको कारण बालबालिकामा पनी उत्तिकै राम्रो क्रेज बनाए । फिल्ममा उनले दोहोरो भूमिका निर्वाह गरेका थिए । यसै फिल्ममार्फत बलिउड प्रेमी माँझ उनले क्रिस उपनाम पनि आए ।

धूम-२ : ऋतिकको करियरको लागि सन् २००६ निकै फलदायी सावित भयो । उनको दुई फिल्म क्रिस र धूम-२ रिलिज भयो । एकमा उनी सुपर हिरो बनेका थिए भने अर्कोमा सुपर चोर । सकारात्मक र नकारात्मक दुवै भूमिकामा उनी दर्शकको प्रिय बने । धूमको दोस्रो फ्रेनचाइजीमा देखिएका ऋतिकले छोडेको छापको अझै चर्चा हुन्छ । फिल्ममा ऋतिकसँगै अभिषेक बच्चन , ऐश्वर्या राय , उदय चोपडा लगायतको अभिनय रहेको थियो भने यसलाई संजय गाध्वीले निर्देशन गरेका थिए । उनले सन् २००६ मा ब्याक टु ब्याक सुपरहिट दिएका थिए ।

गुजारिस : सन् २०१० मा रिलिज भएको ऋतिक अभिनित फिल्म ‘गुजारिस’ फ्लपमा पर्छ । फिल्मले लगानीसमेत उठाउन सकेन । यद्दपी फिल्ममा ऋतिकले गरेको कामको चर्चा भयो । उनले प्यारालाइसिस भएको एक जादुगरको भूमिका निर्वाह गरेका थिए । शरीरको कुनै अंगले काम नगर्ने ऋतिकले इच्छा मृत्युका लागि अदालतमा आवेदन दिन्छन् । संजयलीला भन्साली निर्देशित फिल्म उक्त समयमा फ्लप भए पनि पछिल्लो समय पनि फिल्ममा ऋतिक गरेको अभिनय र फिल्मले उठान गरेको विषयको चर्चा हुन्छ ।

जिन्दगी ना मिलेगी दोबारा : सन् २०११ मा रिलिज भएको फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ मा ऋतिकको छुटै अन्दाज देखियो । जोया अख्तर निर्देशित फिल्मलाई अत्यधिक रुचाइयो । फरहान अख्तर , अभय देओल , कट्रिना कैफ लगायतको अभिनय रहेको फिल्ममा ऋतिकले आफ्नो छाप छोड्न सफल भए । आफ्नो ब्याचलर लाइफको अन्तिमसमयमा आयोजना हुने टुरको कथा देखाइएको फिल्मले युवा पुस्तालाइ बढी आकर्षित गर्‍याे ।

अग्निपथ : ऋतिकको करियरमा सफल फिल्मको लिस्टमा अग्निपथ पनि आउछ । अमिताभ बच्चन अभिनित फिल्मको रीमेकमा काम गर्ने चर्चा चलेसँगै अभिनय क्षमताको प्रश्न उठेको थियो । किनकी अमिताभले एक किसिमको छाप छाडेका थिए । तर , फिल्म रिलिज भएपछी ऋतिकको कामको तारिफ भयो । फिल्ममा ऋतिकसँगै ऋषि कपूरले पनि दमदार अभिनय गरेका थिए । सन् २०१२ मा रिलिज भएको फिल्मलाई करण जोहरले निर्माण गरेका थिए भने करण मलहोत्राले निर्देशन ।

क्रिस ३ : सन् २०१३ मा ऋतिक अभिनित सुपरहिरो फिल्म क्रिसको नयाँ सिरिज आयो । फिल्ममा ऋतिकसँगै प्रियंका चोपडा र कंगना रनौतको पनि अभिनय रहेको थियो । राकेश रोशन निर्देशित फिल्मलाई लिएर दर्शक माँझ एक किसिमको क्रेज थियो नै । यसैले गर्दा पनि ऋतिक फिल्ममार्फत सफल भए । उनको सुपरहिरो रुपलाई दर्शकले रुचाए । यो समयसम्म आइपुग्दा ऋतिक बलिउडका महंगा अभिनेता मध्येका एक बनिसकेका थिए ।

त्यसपछि ऋतिक अभिनित फिल्म ब्याङ ब्याङ रिलिज भयो जसलाई दर्शकले रुचाए । सिद्धार्थ आनन्दको निर्देशनमा तयार फिल्म हलिउड अभिनेता टम क्रुजको डे एण्ड नाइटको रीमेक थियो । कट्रिना कैफसँगको ऋतिकको जोडीलाई दर्शकले रुचाए । त्यसपछि ऋतिकले मोहेन जोदारोमा काम गरे । यो भने बक्स अफिसमा हिट हुन् सकेन । यद्दपी त्यसपछि रिलिज भएको उनको फिल्म काबिललाई दर्शकले रुचाए । उनले फिल्ममा आँखाको ज्योति गुमाएको प्रेमीको भूमिका निर्वाह गरेका थिए ।

काबिलपछी दुई वर्षको अन्तरालमा उनको फिल्म सन् २०१९ मा सुपर ३० रिलिज भयो । जसलाई दर्शकले रुचाए । उनी फिल्ममा एक गणित शिक्षकको भूमिकामा थिए । फिल्मकै लागि उनले अवार्ड पनि जिते । त्यही वर्ष उनको फिल्म वार पनि रिलिज भयो । उनकै पथमा बलिउडमा रहेका टाइगर श्राफसँग स्क्रीन सेयर गरेकै कारण फिल्मले हाइप पायो । सिद्धार्थ आनन्द निर्देशित फिल्मलाई दर्शकले रुचाए र बलिउडको बक्स अफिसमा पनि हिट भयो । उनले नयाँ फिल्म ‘फाइटर’ मा काम गरिरहेका छन् भने प्रतिक्षित फ्रेनचाइज क्रिसको नयाँ भाग पनि आउदैछ । (एजेन्सी सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर