पत्नि प्रियँका चोपडासँग सम्बन्ध विच्छेद हुँदै भन्ने समाचार झुटो हो :निक जोसन — OSNepal

पत्नि प्रियँका चोपडासँग सम्बन्ध विच्छेद हुँदै भन्ने समाचार झुटो हो :निक जोसन

LC (KTM) November 26, 2021 0

मुम्बई । बलिउड यतीबेला दम्पत्य सम्बन्धि दुई सेलिब्रेटीको समाचारले तातिरहेको छ । एकातिर बलिउड अभिनेत्री प्रियँका चोपडाका दाम्पत्य सम्बन्ध बिच्छेद हुँदैछ भन्ने समाचारले महत्व पाएको छ । अर्कोतर्फ आमिर खानको तेश्रो विवाह हुँदैछ भन्ने समाचार अहिले चर्चामा छ ।
तर यी दुबै समाचारमा सम्बन्धित पात्रले कुनै प्रतिक्रिया दिएका छैनन् । अभिनेत्री प्रियँका चोपडाको दाम्पत्य सम्बन्ध विच्छेद हुँदै भन्ने समाचारमा यी अभिनेत्रीले कुनै प्रतिक्रिया दिएकी छैनन् । उनका पति एवम अमेरिकी गायक निक जोसनले यो समाचारलाई आधारहिन भनेका छन् । प्रियँकाकी आमा मधु चोपडाले समाचारको खण्डन गरिरहेकी छिन् ।

यता अभिनेता आमिर खानको तेश्रो विवाह अभिनेत्री फातिमा सना खानसँगै हुँदैछ भनेर समाचार आईरहेको छ । यो समाचार पनि अहिले निकै चर्चामा छ । यो विषयमा न त आमिर खानले केही बोलेका छन् । न त अभिनेत्री फातिमाले नै समाचारको विरोध गरेकी छिन् ।राधानि दैनिकमा खबर छ ।

आमिर र फातिमा केही वर्ष यताबाट प्रेम सम्बन्धमा छन् । उनीहरुले यस अघि फिल्म दँगालमा सँगै काम गरेका थिए । त्यसपछिबाट उनीहरु प्रेम सम्बन्धमा रहेको बताईएको छ । अभिनेता आमिरले जेठी श्रीमती रिना दत्तसँग सन २००२ मा नै सम्बन्ध विच्छेद गरेका थिए । यसरी दुई पटक सम्बन्ध बिच्छेद गरिसकेका उनी अहिले तेश्रो विवाहको आन्तरिक तयारीमा भएको समाचार आईरहेको छ ।

फातिमाकै कारण पत्नी किरण रावसँग सम्बन्धि बिग्रिएपछि आमिरले सबैलाई चकित पार्दै केही समय अघि किरणसँग दाम्पत्य सम्बन्ध अन्त्य गरे । किरणसगँ सन २००५मा विवाह गरेका आमिर १६ वर्षपछि अलग भएका हुन् ।

आमिर आफैं यतीबेला आफ्नो नयाँ फिल्म लाल सिंह चड्डाको रिलिज तयारीमा जुटेका छन् । यो फिल्म आगामी १४ अप्रिलमा रिलिज हुँदैछ । यतीबेला आफु फिल्मलाई सफल पार्ने अभियानमा जुटेको आरिमले बताएका छन् । आफ्नो अघिल्लो फिल्म ठग्स अफ हिन्दुस्तानले व्यबसायिक रुपमा असफलता भोगपछि आमिर यसपटकको फिल्मलाई सफल बनाउन निकै तयारीमा जुटेका छन् । त्यसैले आमिरले फिल्म लाल सिंह चड्डाको रिलिज पछि मात्र तेश्रो विवाह गर्ने बताईएको छ । यो प्रसँगमा आमिर र फातिमा अहिले मौन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर