पत्रकार महासंघको विज्ञप्ती मार्फत प्रधानन्यायाधीशलाई अदालतको गरिमा रक्षा गर्न आग्रह — OSNepal

पत्रकार महासंघको विज्ञप्ती मार्फत प्रधानन्यायाधीशलाई अदालतको गरिमा रक्षा गर्न आग्रह

LC (KTM) November 17, 2021 0
                                                                                                                                                                                                                                                   काठमाडौं  १ मंसिर     ।  नेपाल पत्रकार महासंघले  संसद्, सरकार र राजनीतिक दललाई सर्वोच्चमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल र अग्रसरताको लागि अपिल  गरेको  छ  । 

बुधबार महासंघले विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई लक्षित गर्दै महासंघले विज्ञप्ती मार्फत अदालतको गरिमाको रक्षा गर्न आग्रह समेत गरेको छ ।

‘महासंघ नेपाल बार एशोसिएसनले उठाएका सवालहरू र नागरिक तहबाट उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिँदै उच्च नैतिकता प्रदर्शन गर्न र गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई हार्दिक आग्रह गर्दछ ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपालको संविधानले परिकल्पना गरेको शक्तिपृथकीकरणको सिद्धान्तअनुरूप खडा भएको सर्वोच्च न्यायलय स्वच्छ, मर्यादित र विश्वास योग्य हुनुपर्छ भन्दै विज्ञप्ती मार्फत भनिएको छ ।
नेपाल बार एशोसिएसनले आन्दोलन गर्नुपर्ने अवस्था सृजना हुनु दुःखद् विषय भएको भन्दै महासंघले आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल पुर्‍याउन विज्ञप्ती मार्फत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर