परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता स्थिगित पाकिस्तानमा गर्ने भनिएको १९ औं शिखर सम्मेलन अन्योलमा — OSNepal

परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता स्थिगित पाकिस्तानमा गर्ने भनिएको १९ औं शिखर सम्मेलन अन्योलमा

LC (KTM) September 22, 2021 0

काठमाडौँ ६ असोज । यस वर्ष दक्षिण एसियाली सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता नहुने भएको छ ।

हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा हुने सो बैठक यस वर्ष भने नहुने भएको हो । यस अघि पनि भारत र पाकिस्तानको तनावको कारण परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता हुन सकेको थिएन ।

यसको असर १९ औं शिखर सम्मेलनमा परेको छ । पाकिस्तानमा गर्ने भनिएको १९ औं शिखर सम्मेलन अब अन्योलमा परेको छ ।

सेप्टेम्बर २५ मा वार्ता मिति तय भएको भए पनि बैठक स्थगित भएको जानकारी भने काठमाडौंस्थित सार्क सचिवालयले सबै मुलुकलाई गराइसकेको बताइएको छ ।

पछिल्लो पटक १८ औं शिखर सम्मेलन भने नेपालमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर