परिवार दलसँग आगामी निर्बाचनमा सहकार्य हुन्छ : के.पी ओली — OSNepal

परिवार दलसँग आगामी निर्बाचनमा सहकार्य हुन्छ : के.पी ओली

LC (KTM) November 20, 2021 0

काठमाण्डौ । नेपाल परिवार दलको तस्रो राष्ट्रिय महाधिवेशन शनिबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठान कमलादीमा शूरु भएको छ । महाधिबेसनको ने.कपा एमाले अध्यक्ष ओली, पुर्व उपराष्टपति परमान्न्द झा र परिवार दल अध्यक्ष एकनाथ ढकाल पानसमा दिप प्रज्वलन गरेर उद्धाटन गरेका छन् ।महाधिबेनमा बोल्दै एमाले अध्यक्ष के.पी ओलीले परिवार दलको तेस्रो राष्टिय महाधिबेसनको सफलताको कामना गदै अगामी निर्बाचनमा एमालेले परिवार दलसँग सहकार्य हुने बताए । उनले परिवार दल बिकासप्रेमी र शान्तिबादी पार्टी भएकालेले एमालेले बिगतमा पनि सहकार्य गरेको स्मरण गदै अगामी दिनमा पनि सहकार्य हुनेमा जोड दिए ।

अध्यक्ष ओलीले अहिले न्यालयमा भईरहेको आन्दोलनको औचित्य नभएको पनि स्पष्ट पारे ।नेपाल परिवार दलका अध्यक्ष तथा पुर्वमन्त्री एकनाथ ढकालले सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ“ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय हाधिवेशन गर्न लागेको जानकारी दिए । नेपाली समाजमा ठुला–ठुला परिवर्तन भएपनि राजनीतिक संस्कार परिवर्तन हुन नसकेको उनको भनाई थियो ।
अध्यक्ष ढकालले अहिले नेतृत्व गरिरहेका दलका नेताहरु पुरानै सोचबाट विचलित भएको बताए । सत्ता परिर्वतनले दललाई मात्र फाइदा हुने र जनतालाई फाइदा नहुने भन्दै उने आफ्नो दलले संस्कार नै परिवर्तन निर्माण गर्नुपर्छ भनेर अगाडी बढेको बताए । ढकालले संविधानमा लेखिएको अनुसार दलहरु नगएको समेत आरोप लगाए । ढकाले नेपाल एक प्रकृतिको मात्र देश नभएको भन्दै सबैलाई समेट्न आफ्नो दल लागेको बताए । ढकाले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने निर्णय गरेको पनि सुनाए । उनले भने, ‘प्रत्यक्ष राष्ट्रपति नि हुन सक्छ, प्रधानमन्त्री पनि हुनसक्छ ।’

महाधिबेसन आयोजक समितिका सदस्य एव दलका केन्द्रीय सदस्य मनोज कुमार सुर्खेतीले निर्वाचनमा धेरै खर्च गर्न परिपाटी चलेको भन्दै अहिलेको निर्वाचन प्रणाली मा सुधार गर्नुपर्ने धारणा राखे । दलका प्रवत्ता सन्तोष कुमार पौडेले आगामी महाधिवेसनमा सहमतीको आधारमा नयाँ नेतृत्व चयन गर्ने छौ यदि त्यसो नभएमा लोकतान्त्रिक विधिबाट चुनावमा जानेछौं ।’नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिबेशनमा देशभरी बाट चुनिएका १५०० प्रतिनिधि मध्य ७०० जनाले भौतिक रुपमा उपस्थित भई सहभागी जनाउने छन् ।

बाँकीले अनलाइन मार्फत सहभागिता जनाउने छन् । महाधिबेशनमा १०० जना पर्यबेक्षक, छिमेकी मित्र राष्ट्रका ५ जना विशिष्ट अतिथि समेत गरि बंगलादेश, थाईल्याण्ड लगाएतका मित्र राष्ट्रका अतिथि पनि सहभागी रहेको थियो । त्यसैगरी चीन, अमेरिका, जापान, कोरिया, क्याम्बोडिया, पाकिस्तान, साउथ अमेरिका, युरोप, अफ्रिका र मध्यपुर्वका देशका विशिष्ट पाहुनाहरुले भिडियो मार्फत शुभकामना दिनुहुनेछ । उद्घाटन सत्र र बन्द सत्र प्रज्ञा भबन कमलादीमा र घोषणा सभा क्राउन प्याजा होटल नक्सालमा हुनेछ ।

अधिबेसनमा नेपालका पूर्व उपराष्टपति परमान्नद झा भारतीय जनता पार्टीका नेता नरेन्द्र कुमार चाउला, आम आदमी पार्टीका नेता तथा सांसद अजय दत्त प्रोफेसर महेन्द पी लामा ,नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह, समाजबादी पार्टी अध्यक्ष प्रेमबहादुर सिंह लगायतले बोलका थिए । उद्धाटन सत्र बिभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । महाधिबेसनको उद्घाटन सत्र चलिरहेको छ नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल पनि कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको दलका महामन्त्री बिनोद डाँगीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर