पहिलो पटक विश्वकप जित्ने दाउमा अष्ट्रेलिया र न्युजिल्याण्ड — OSNepal

पहिलो पटक विश्वकप जित्ने दाउमा अष्ट्रेलिया र न्युजिल्याण्ड

LC (KTM) November 14, 2021 0

काठमाडौं, २८ कात्तिक- पहिलो पटक आइसिसी टी-२० विश्वकपको उपाधि जित्ने दाउमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्ड आज आइतबार फाइनल भिड्दै छन् । दुबई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । पहिलो पटक उपाधि जित्ने योजनामा रहेका दुबै टोली एक अर्काविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने देखिन्छ ।

फाइनल अघि टसले समेत खेलको नतिजामा ठूलो असर गर्ने देखिन्छ । जारी विश्वकपको फाइनलसम्म आइपुग्दा पहिला टस जित्ने टोलीले अधिकांश खेल जित्दै आएको छ ।

यसअघि सेमिफाइनल खेलमा न्युजिल्याण्ड इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनल अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो ।

एकदिवसीय क्रिकेटमा भने दुबै टोलीले उपाधि हात पार्दा टी–ट्वान्टीमा भने दुबै टोली उपाधिविहीन छन् ।अष्ट्रेलियाविरुद्ध न्युजिल्याण्डका कप्तान केन विलियम्सन, ट्रेन्ट बोल्ड, मार्टिन गुप्टिल, मिचल सान्टनर, टिम साउथी जस्ता खेलाडीले प्रभाव जनाउन सक्छन् ।

न्युजिल्याण्डविरुद्ध अष्ट्रेलियाका कप्तान आरोन फिन्च, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, एडम जाम्पा, मार्कस स्टोइनिस जस्ता खेलाडीले महत्वपूर्ण प्रदर्शन गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर