पाँचथरमा इन्द्रकुमारले लोहोरो हानेर श्रीमतीलाई मारे — OSNepal

पाँचथरमा इन्द्रकुमारले लोहोरो हानेर श्रीमतीलाई मारे

LC (KTM) December 28, 2021 0

पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा घरायसी झगडामा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । इम्बुङका इन्द्रकुमार नेम्वाङले यही पुस ९ गते घरायसी झगडामा आफ्नी श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङको टाउकोमा लोहोरोले प्रहार गरेका थिए ।

लोहोरोले लागेर गम्भीर घाइते भएकी जीवनकुमारीको झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आइतबार उपचारकै क्रममा मृत्यु भएको थियो ।

जीवनकुमारीको मृत्यु भएपछि उक्त विषयको जानकारी पाएको प्रहरीले लगत्तै इन्द्रकुमारलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । घटनाबारे नेम्वाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर