पाँचथरमा पहिरोले विद्यालय भत्किएपछि पठनपाठनमा समस्या — OSNepal

पाँचथरमा पहिरोले विद्यालय भत्किएपछि पठनपाठनमा समस्या

LC (KTM) December 09, 2021 0

वेमौसमी वर्षाका कारण पहिरो झरेपछि भत्किएको पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटारस्थित जनज्योति आधारभूत विद्यालयको भवन । भवन भत्किएपछि पठनपाठनमा समस्या भएको छ ।

लोकगायक खत्रीको ‘हतार भइसक्यो’ सार्वजनिक-विवाहको याम छोपेर लोकगायक विष्णु खत्रीले मौलिक पञ्चेबाजा गीत ‘मलाई हतार भइसक्यो’ बजारमा ल्याउनुभएको छ । खत्रीको आफ्नै युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक भएको उक्त गीतको भिडियोले २० हजारभन्दा बढी भ्यूज बटुलिसकेको छ ।

गीतमा गायक खत्रीका साथै रेनु रानामगरको स्वर छ । गीतको रचना र सङ्गीत पनि खत्रीकै रहेको छ । म्युजिक भिडियोमा कलाकार लोमस शर्मा, मेलिना थापालगायतको अभिनय देख्न पाइन्छ । भिडियोको निर्देशन दिलीप रेग्मीले गर्नुभएको छ । मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्न पञ्चेबाजा गीत ल्याएको गायक खत्रीले बताउनुभयो । गीतमा बागलुङको गलकोट, बडिगाडसहित छिमेकी मुसीकोट नगरपालिकाका सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको वर्णन छ । गीतको सवालजवाफमा स्थान विशेषलाई प्रतिकात्मकरूपमा उठान गरिएको छ ।

माया, प्रेमको गीत भए पनि त्यसमा प्रयुक्त शब्द र भिडियोका दृश्यले पर्यटकीय ठाउँको प्रचार र प्रवद्र्धन हुने विश्वास लिइएको छ । दुई दशकदेखि नेपाली लोकसङ्गीतमा सक्रिय गायक खत्रीका यसअघि ‘जाउँला ढोरपाटन’लगायत दर्जनौँ पञ्चेबाजामा आधारित गीत सार्वजनिक भइसकेका छन् । नेपाली जनजीवनका सुख, दुःख र भोगाइलाई गीतमार्फत सजीव ढङ्गले उर्तान सफल गायक÷सर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’लगायतका गीत धेरै रुचाइएका छन् । गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका गायक खत्री यसै साता राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपाल गण्डकी प्रदेशले प्रदान गर्ने नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कार, २०७८ बाट पुरस्कृत हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर