पाकिस्तानका सांसदले टिप टिप बर्षामा नाचे पछि मच्चियो हंगामा, कट्रीनाको भन्दा बबाल डान्स, पाकिस्तानीहरु भने रिसाए — OSNepal

पाकिस्तानका सांसदले टिप टिप बर्षामा नाचे पछि मच्चियो हंगामा, कट्रीनाको भन्दा बबाल डान्स, पाकिस्तानीहरु भने रिसाए

LC (KTM) January 06, 2022 0

पाकिस्तानी राष्ट्रियसभा सदस्य तथा टिभी होस्टआमिर लियाकत हुसैनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।यस  भिडियोमाआमिर, कट्रिना कैफ र अक्षय कुमार टिप टिप बरसा पानी’ गीतमा नाचिरहेका छन्। यो भिडियोले सामाजिक सञ्जालमा धुम मच्चाइ रहेकोछ।तर यसबाट पाकिस्तानी जनता आक्रोशित भएका छन्।

आमिर लियाकत हुसैनको यो भिडियो तैमुर जामुन नामका एक सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्विटरमा पोस्ट गरेका छन्। यस भिडियोमा आमिरले जर्बजस्त डान्स गरेको देख्न सकिन्छ।अफ ह्वाइट कुर्ता पायजामा र ब्राउन नेहरू ज्याकेट लगाएका सबैको नजर  आमिर लियाकत हुसैन को नृत्यमा केन्द्रितरहेको देख्न सकिन्छ।उनको मुभ्सहरु एकदमै बबाल रहेको छ ।

भिडियो भित्र र सामाजिक सञ्जालमा उनको निकै तारिफ पनि भइरहेको छ। तर त्यहाँ धेरै पाकिस्तानी प्रयोगकर्ताहरू छन्, जसले राष्ट्रियसभा सदस्यको यो शैली मन पराउँदैनन्। आमिर लियाकत हुसैनको भिडियो सेयर गर्दै एक प्रयोगकर्ताले लेखेका छन्– दाजुभाइ दिदी बहिनीहरु, यो पाकिस्तानको संसद सदस्य हो।

यो ट्विटमा एक महिला प्रयोगकर्ताले जवाफ दिइन्– सायद यो सांसद होइनन्। तर उनको डान्स मूभ्स निकै राम्रो छ।आमिरले कुन इभेन्टमा यो डान्सप्रस्तुती दिएका हुन् भन्ने अहिले सम्म खुल्न आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर