पाकिस्तानको पञ्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु — OSNepal

पाकिस्तानको पञ्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

LC (KTM) January 09, 2022 0

इस्लामाबाद, २५ पुस,-पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।घटना इस्लामाबादको भगिनी शहर रावलपिंडीमा बिहान भएको थियो । रेल मुल्तान जिल्लाबाट रावलपिंडी जाँदै थियो । उक्त दुर्घटना रेलले रेलवे क्रसिङ्ग नजिकै पार्क गरिएको गाडीमा ठोक्किदा भएको जनाइएको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजना घाइते थिए जसको पछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्रोतले जनाएको छ । मृतकहरू रावलपिण्डीका बासिन्दा रहेको र उनीहरुको शव पहिचानपछि आफन्तलाई बुझाइएको छ । (रासस-सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर