पारसको क्यारिकेचर गरेर चौतर्फी वाहवाही बटुलेपछि आँफुलाई भोट नगर्न आग्रह गरे भरतमणिले — OSNepal

पारसको क्यारिकेचर गरेर चौतर्फी वाहवाही बटुलेपछि आँफुलाई भोट नगर्न आग्रह गरे भरतमणिले

LC (KTM) August 29, 2021 0

काठमाडौं, १३ भदौ -ताप्लेजुङका भरतमणि पौडेल ‘कमेडी च्याम्पियन सिजन २’ को पहिलो फाइनलिस्ट बनेका छन् ।शनिबार राति प्रसारण भएको शृंखलामा उत्कृष्ट प्रस्तुति दिएपछि उनी सिधै फाइनलमा प्रवेश गरेका हुन् । भरतमणिले यो साता आफूलाई भोटिङ नगर्न र फाइनल राउन्डमा भोट साँचेर राख्न सबैलाई आग्रह गरेका छन् ।

कमेडी च्याम्पियन सिजन २ को सुरुवातदेखि नै भरतमणि निकै चर्चामा आएका छन् । एमाले नेता गोकुल बासकोटाको क्यारिकेचर दुरुस्तै गरेर चर्चामा आएका भरतमणिले शनिबार राति पूर्वयुवराज पारस शाहको गेटअपमा आफ्नो प्रस्तुति दिएका थिए । जसलाई धेरैले मन पराएका छन् ।

पूर्वयुवराज पारस शाहको नक्कल गर्दै अभिनय गरेका भरतमणिको भिडियोको ट्रेलर शुक्रबार नै युट्युबमा राखिएको थियो । जुन ट्रेन्डिङको १४ नम्बरमा परेको थियो । भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको क्यारिकेचर पनि हुबहु गर्ने गरेका छन् । खासगरी उनले घरबेटीको प्रसंग आफ्ना प्रस्तुतिमा दिँदा दर्शकले निकै मन पराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर